default_image

8 years ago

December 26, 2016

सेनाका कमला र कमलको राष्ट्रिय कीर्तिमान

145 views

0 Bookmark

राजविराज (हाम्रो खेलकुद)– पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको चौथो दिन सोमबार भारोत्तोलनमा महिला ५८ केजीमा नेपाली सेनाकी कमला श्रेष्ठ र पुरुषको ८५ केजीमा सेनाकै कमलबहादुर अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

सेनाका कमलबहादुर अधिकारी – फाइल फोटो

सेनाका कमलबहादुर अधिकारी – फाइल फोटो

सप्तरीको राजविराजमा भइरहेको प्रतियोगितामा कमलाले स्न्याचमा ६६ केजी र क्लिन एन्ड जर्कमा ७९ केजी गरी जम्मा १ सय ४५ केजी भार वहन गर्दै तीनै स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण पदक जितिन् । स्न्याचमा कमलाले झन्ट कट्वालले २०६२ सालमा ललितपुरको लुभूमा भएको दोश्रो राष्ट्रिय महिला भारोत्तोलनमा बनाएको ६५ केजीको कीर्तिमान भंग गरिन् । त्यस्तै कुलमा पनि कमलाले दोश्रो राष्ट्रियमै झन्टले नै बनाएको १४२ केजीको कीर्तिमान तोडिन् । क्लिन एन्ड जर्कमा भने कमलाले २०६८ सालमा उत्तम खत्रीले वीरगन्जमा भएको प्रथम शालिमार भारोत्तोलनमा बनाएको ७८ केजीको कीर्तिमान भंग गरेकी हुन् ।

१० औं दक्षिण एसियाली खेलकुदका (साग) स्वर्ण पदक विजेता कमलले क्लिन एन्ड जर्कमा १ सय ५५ केजी भार वहन गर्दै श्रीलंकामा भएको१० औं सागमा ज्ञानबहादुर श्रेष्ठले राखेको १ सय ५४ केजीको कीर्तिमान भंग गरे । उनले स्न्याचमा १०५ केजीसहित कुल २६० केजी भार उचाल्दै स्वर्ण पदक जिते ।

पुरुषको ६९ केजीमा मध्यपश्चिमाञ्चलका प्रकाश केसी पहिलो भए । उनले स्न्याचमा ९६ र क्लिन एन्ड जर्कमा १२५ गरी जम्मा २२१ केजी भार वहन गरे । पुरुष ७७ केजीको स्न्याचमा ८५ र क्लिन एन्ड जर्कमा १२० गरी जम्मा २०५ केजी तौल उठाउदै आर्मीका सुरेन्द्र श्रेष्ठले स्वर्ण जिते । महिलाको ६३ केजीमा प्रहरीकी जुनुमाया छन्त्यालले शीर्ष स्थान कब्जा गरिन् । जुनुले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८० गरी जम्मा १४० केजी भार उठाइन् ।

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.