default_image

2 years ago

December 6, 2022

युनाइटेड पोखरा भलिबल कप बिहीबारदेखि

310 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – युनाइटेड पोखरा क्लब पोखराको आयोजनामा युनाइटेड पोखरा भलिबल कप यही बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगिता मंसिर २२ गते बिहीबारदेखि २५ गते आइतबारसम्म छन्त्याल समाजको भलिबल कोर्ट नदिपुरमा हुने क्लबका अध्यक्ष अनिल गुरुङले जानकारी गराए ।

प्रतियोगितामा महिला र पुरुष दुवैमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ । पुरुषतर्फ १० र महिलातर्फ ९ टोलीको अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिताको लागि २१ गतेसम्म दर्ताको लागि समयसीमा तोकिएको छ । पुरुषतर्फ ६ हजार ५ सय र महिलातर्फ ४ हजार दर्ता शुल्क तोकिएको छ ।

पुरुषतर्फको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुनेले ६६ हजार ६ सय ६६ रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

महिलातर्फ विजेताले ४४ हजार ४ सय रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुनेले ३० हजार ३० रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.