2 years ago
December 5, 2022
काठमाडाैं हाम्राे खेलकुद – केन्द्रीय डोजो त्रिपुरेश्वरले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा विजयी भएका प्रकाशमान सिंह र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष समेत रहेका मिनकृष्ण महर्जनलाई सम्मान गरेकाे छ ।
नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, केन्द्रीय डोजोका पदाधिकारी, राखेप कर्मचारी संघका पूर्व उपमहासचिव कुमार बस्नेत, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, प्रशिक्षक, करातेकर्मी, खेलाडीलगायतले दुवैलाई कार्यकाल सफलताका लागि शुभकामना दिदै बधाई ज्ञापन गरे ।
प्रकाशमान काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा तथा मिनकृष्ण ललितपुर क्षेत्र नं. १ को प्रदेश २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । दुवै नेपाली कांग्रेसका हुन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]