2 years ago
December 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ग्रान्ड स्लाम जुडो च्याम्पियनसिपमा नेपालकी मनीता श्रेष्ठ प्रधानले फिलिपिन्सकी डेल्गाडोलाई पराजित गरेकी छन् ।
शनिबार भएको प्रतियोगिताको महिला ५७ केजीमुनि पहिलो चरणमा मनीताले जित हात पारेकी हुन् । दोश्रो चरणमा मनीता पोल्यान्डकी खेलाडीसंग चुकिन् । प्रतियोगितामा ५९ राष्ट्रको सहभागिता रहेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।
मनीता हाल पेरिस ओलम्पिक र १९ औं एसियाली खेलकुदको तयारीका लागि टोकियामा रहेको अध्यक्ष वज्राचार्यले जानकारी गराए । मनीताले पेरिस ओलम्पिकका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट छात्रवृत्ति पाएकी छन् ।
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]
January 14, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]