2 years ago
December 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक र ग्रिनफिल्डले १५ औं माछापुच्छ्रे –भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
भ्याली पब्लिकले दोहोरो उपाधि चुम्यो । भ्याली पब्लिक सिनियर ब्वाइज र सिनियर गल्र्समा च्याम्पियन बन्यो । ग्रिनफिल्ड जुनियर ब्वाइजमा पहिलो भयो ।
सुन्दरबस्तीको भंगालस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले गोल्डेनपिकलाई ४५–३८ ले हरायो । भ्याली पब्लिकका टिशान्त लामाले १६ स्कोर गरे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले काष्ठमण्डपमाथि २१–२० ले हरायो । भ्याली पब्लिककी मुस्कान गुरुङले ९ अंक जोडिन् । जुनियर ब्वाइज फाइनलमा ग्रिनफिल्डले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई ३१–२५ ले पाखा लगायो । ग्रिनफिल्डका अर्जुन बस्नेतले २४ अंक जोडे ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकका छिरिङ डेन्डुप लामा, सिनियर गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा ग्रिनफिल्डका अर्जुन बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा सुशान्त चौधरी, सिनियर गल्र्समा मुस्कान गुरुङ र जुनियर ब्वाइजमा छिमे तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । तीनै भ्याली पब्लिकका हुन् ।
सिनियर ब्वाइजमा गोल्डेनपिकका दिनेश रापाल, सिनियर गल्र्समा काष्ठमण्डपकी रिया राई र जुनियर ब्वाइजमा बीएनएका एलेक्स गुरुङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । सिनियर ब्वाइजमा पृथ्वी, सिनियर गल्र्समा केभीकेएसएस र जुनियर ब्वाइजमा ह्वाइटफिल्ड अनुशासित टिम ठहरिए ।
विजेतालाई प्याब्सनका केन्द्रीय महासचिव आरबी कट्वाल, टोखा प्याब्सनका अध्यक्ष टंक चापागाईं, भ्याली पब्लिक व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर गुरुङ, भ्याली पब्लिकका प्रिन्सिपल कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिम सहभागी थिए ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]