default_image

2 years ago

December 3, 2022

न्यू डायमन्डलाई सहयोग आउने क्रम जारी

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आफ्नै इन्डोर हल निर्माणको थालनी गरेको घरेलु भलिबलको चर्चित न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई सहयोग रकम आउने क्रम जारी रहेको छ ।

गत बुधबारदेखि इन्डोर हल निर्माणसँगै सहयोग अभियानको शुभारम्भ गरेको डायमन्डलाई शनिबार समाजसेवी तथा हङकङमा रहेका रमेश राईले थप सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

राईले पठाएको सहयोग रकम सामाजिक अभियन्ता जनक सुनार र राष्ट्रिय महिला भलिबल खेलाडी सुनिता खड्काले क्लबका अध्यक्ष कुमार राई र क्लबका उपाध्यक्ष किरण कार्कीलाई हस्तान्तरण गरे ।

समाजसेवी राईले यसअघि नै क्लबलाई ५१ हजार १ सय १ रुपैया प्रदान गरिसकेका थिए । यसपटक उनले ५० हजार १० रुपैयाँ प्रदान गरे । क्लबलाई उनको सहयोग रकम कुल १ लाख १ हजार १ सय ११ रुपैया पुगेको छ ।

यस्तै पुर्व भलिबल खेलाडी तथा समाजसेवी उत्तर कुमार श्रेष्ठले खेल साम्रगी तीन वटा भलिबल एक नेट र एक पम्प सहयोग गरेका छन् । क्लबले आफ्नै इन्डोर हल वर्षामा पानी ओत्ने (छानो) सहितको निर्माणको लागि बुधबारदेखि औपचारिक रुपमा देश तथा विदेशमा रहेका भलिबल प्रेमीहरुमा सहयोगको लागि अनुरोध गरेको थियो ।

पहिलो चरणमा हाल पोर्चुगलमा रहेका समाजसेवी तथा भलिबल प्रेमी फुनुरु शेर्पाले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए । क्लबले सहयोग गर्न चाहनुहुनेले क्लबको बैंक खाता र इसेवामार्फत पनि सहयोग गर्न सकिने क्लबले जनाएको छ ।

क्लबले वि.स. २०६४ देखि न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा नियमित प्रशिक्षणसँगै प्रतियोगिताहरु गर्दै आइरहेको थियो । तर, एकेडेमीले लिएको उक्त जग्गाको लिज अवधि सकिएको र पुन: सम्झौता नभएपछि अहिले डायमन्डले प्रशिक्षण गर्न पाएको छैन ।

प्रशिक्षण रोकिने देखिएका कारण नै क्लबले गत मंसिर मै चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकापमा दुई रोपनी ८ आना दुई पैसा जग्गा १० वर्षको लागि हल निर्माणको लागि जग्गा भाडामा लिइसकेको थियो । तर बजेट अभावका कारण क्लबले त्यहाँ केही पनि गर्न सकेको थिएन ।

केही सहयोगी दाताको सहयोग आएसँगै अहिले उक्त स्थानमा डोजर लगाएर सम्याउने कार्यसँगै इनार खन्ने काम भइरहेको क्लबले जनाएको छ । क्लबले १२ महिनै प्रशिक्षण गर्न मिल्ने भलिबल कोर्ट निर्माण गर्ने योजना बनाएको छ । त्यहाँ आवास सुविधा पनि रहनेछ ।

क्लबले २०६४ जेठ ५ गतेदेखि एकेडेमीकै धुले कोर्टमा नियमित प्रशिक्षण गर्दै आइरहेको छ । सोही कोर्टबाट उत्पादित खेलाडीले राष्ट्रिय टोलीको यात्रा तय गरिसकेका छन् ।

रमिला तण्डुकार, रेश्मा भण्डारी, प्रतिभा माली, कृपा अधिकारी र सलिना श्रेष्ठ सोही एकेडेमीबाट उत्पादिन खेलाडी हुन् । पछिल्लो समय घरेलु भलिबलमा चर्चामा रहेकी प्रगति नाथ, सलिना बुढा मगर, जेनिशा विश्वकर्मा र निशा महर पनि सोही एकेडेमीकै हुन् ।

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

Success

Thank you for your time.