default_image

2 years ago

December 3, 2022

राखेपका पूर्व कोषाध्यक्ष महर्जनलाई बधाई

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला प्रमुख डोजो, ललितपुर, लगनखेलले गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रदेश सांसद विजयी भएका मिनकृष्ण महर्जनलाई शनिबार बधाई तथा शुभकामना प्रदान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व कोषाध्यक्षसमेत रहेका महर्जन डोजोका संरक्षक एवम् संस्थापक हुन् । आयोजक डोजो र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, करातेका वरिष्ठ प्रशिक्षक अक्बर शाह, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, करातेकर्मी, खेलाडी, प्रशिक्षकलगायतले महर्जनलाई कार्यकाल सफलताका लागि शुभकामना दिदै बधाई ज्ञापन गरे ।

महर्जनले ललितपुर क्षेत्र नं १ को प्रदेश २ (ख) मा निकत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका चेतनाथ सन्जेललाई ४ हजार २ सय १४ मतले पछि पार्दै सांसदमा चुनिएका थिए । नेपाली कांग्रेसका उम्मेद्वार महर्जनले १३ हजार ३ सय ७८ तथा सन्जेलले ९ हजार १ सय ६४ मत ल्याएका थिए ।

खेलकुद पृष्ठभूमिका महर्जनले सांसद् बन्न खेल क्षेत्रको ठूलो योगदान रहेको बताउदै बागमतीलाई खेलकुदमय बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । खेलाडी संघका अध्यक्ष श्रेष्ठले खेलकुदकर्मीले हासिल गरेको जित प्रति खुशी व्यक्त गर्दै महर्जनले बागमती प्रदेशको खेलकुदलाई अझ चलायमान बनाउने विश्वास व्यक्त गरे ।

सोही अवसरमा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा करातेतर्फ पदक जित्न सफल ललिपतुरका खेलाडीलाई नगदसहित सम्मान गरिएको थियो । स्वर्ण विजेता विप्लवलाल श्रेष्ठ र रिना श्रेष्ठ, रजत विजेता विपिनराज सिंह दर्जी र कांस्य विजेता स्विकार राई सम्मानित भए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.