2 years ago
December 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक र गोल्डेनपिक १५ औं माछापुछ्रे – भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
भ्याली पब्लिकले युनिभर्सिटीलाई ४४–२४ ले पराजित ग¥यो । भ्याली पब्लिकका सुसान चौधरीले १० अंक जोडे । गोल्डेनपिकले स्किब्सलाई ५७–३७ ले हरायो । गोल्डेनपिकका सक्षम राईले १९ स्कोर गरे ।
सोही स्पर्धामा बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ५४–३४ तथा हिमालयन किङ्डमले ग्रिनल्यान्डलाई ७७–७५ ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे ।
बीएनएका सन्देश खड्काले २५ तथा हिमालयन किङ्डमका जाङ्गु लामाले ४३ अंक बटुले । सेमिफाइनलमा हिमालयन किङ्डमको भेट भ्याली पब्लिकसंग हुनेछ भने बीएनएले गोल्डेनपिकको सामना गर्नेछ ।
सिनियर गल्र्समा एचएचसीएले निस्टलाई १२–७ तथा काष्ठमण्डपले पृथ्वीलाई २७–२१ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए । एचएचसीएकी प्रमिला बानियाँले ४ तथा काष्ठमण्डपकी रजनी श्रेष्ठले १३ अंक जोडे । सेमिफाइनल एचएचसीए र भ्याली पब्लिक तथा काष्ठमण्डप र ग्रिनल्यान्डबीच हुनेछ ।
जुनियर ब्वाइजमा ग्रिनफिल्डले हिमरश्मीलाई २९–२१ तथा गोल्डेनपिकले भ्याली पब्लिकलाई १६–१५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।
ग्रिनफिल्डका अर्जुन बस्नेतले १६ तथा गोल्डेनपिकका सुशिल गिरीले १४ अंक जोडे । विजेता दुवैको भेट सेमिफाइनलमा हुनेछ । अर्को सेमिफाइनलमा एन्जल्स हार्टले बीएनए विरुद्ध खेल्ने छ ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]