default_image

2 years ago

December 1, 2022

जुनियर गल्स फुटसल भोलि

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेसनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा जुनियर गल्स फाइभ ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिता शुक्रबार हुने भएको छ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक राजन न्यौपानेले जनाएका छन् । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् ।

आयोजकले विगतमा शिक्षकको फुटबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यसपटकदेखि गल्र्स फुटसललाई निरन्तता दिने उद्देश्यसाथ फुटसल आयोजना गरेको बताइएको छ । एकदिने प्रतियोगिताका खेलहरु खहरेस्थित पाणेनी फुटसलमा हुनेछ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.