2 years ago
December 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु भलिबलको चर्चित न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले आफ्नै कभर्ड हल निर्माणकाे थालनीसँगै बुधबारदेखि सहयोग अभियानको शुभारम्भ गरेको छ ।
क्लबले आफ्नै कभर्ड हल वर्षामा पानी ओत्ने (छानो) सहितको निर्माणको लागि बुधबारदेखि औपचारिक रुपमा देश तथा विदेशमा रहेका भलिबल प्रेमीहरुमा सहयोगको लागि अनुरोध गरेको हो ।
पहिलो चरणमा हाल पोर्चुगलमा रहेका समाजसेवी तथा भलिबल प्रेमी फुनुरु शेर्पा र समाजसेवी तथा हङकङमा रहेका रमेश राईले सहयोग गरिसकेका छन् । फुनुरुबाट ५५ हजार ५ सय ५५ रुपैया तथा राईबाट ५१ हजार १ सय ५१ रुपैया प्राप्त भइसकेको क्लबले जनाएको छ । सहयोग गर्न चाहनुहुनेले क्लबको बैंक खाता र इसेवामार्फत पनि सहयोग गर्न सकिने क्लबले जनाएको छ ।
क्लबले वि.स. २०६४ देखि न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा नियमित प्रशिक्षणसँगै प्रतियोगिताहरु गर्दै आइरहेको थियो । तर, एकेडेमीले लिएको उक्त जग्गाको लिज अवधि सकिएको र पुन सम्झौता नभएपछि अहिले डायमन्डले प्रशिक्षण गर्न पाएको छैन ।
प्रशिक्षण रोकिने देखिएका कारण नै क्लबले गत मंसिरमै चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकापमा दुई रोपनी ८ आना दुई पैसा जग्गा १० वर्षको लागि हल निर्माणको लागि जग्गा भाडामा लिइसकेको थियो । तर बजेट अभावका कारण क्लबले त्यहाँ केही पनि गर्न सकेको थिएन ।
केही सहयोगी दाताको सहयोग आएसँगै अहिले उक्त स्थानमा डोजर लगाएर सम्याउने कार्यसँगै इनार खन्ने काम भइरहेको छ ।
क्लबले १२ महिनै प्रशिक्षण गर्न मिल्ने भलिबल कोर्ट निर्माण गर्ने योजना बनाएको छ । त्यहाँ आवासिया सुविधा पनि रहनेछ ।
क्लबले २०६४ जेठ ५ गतेदेखि एकेडेमीकै धुले कोर्टमा नियमित प्रशिक्षण गर्दै आइरहेको छ । सोही कोर्टबाट उत्पादित खेलाडीले राष्ट्रिय टोलीको यात्रा तय गरिसकेका छन् ।
रमिला तण्डुकार, रेश्मा भण्डारी, प्रतिभा माली, कृपा अधिकारी र सलिना श्रेष्ठ सोही एकेडेमीबाट उत्पादिन खेलाडी हुन् । पछिल्लो समय घरेलु भलिबलमा चर्चामा रहेकी प्रगति नाथ, सलिना बुढा मगर, जेनिशा विश्वकर्मा र निशा महर पनि सोही एकेडेमीकै हुन् ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]