default_image

2 years ago

November 30, 2022

भ्याली पब्लिक र एन्जल्स हार्ट क्वाटरफाइनलमा

198 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक र एन्जल्स हार्ट १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

भ्याली पब्लिकले ह्वाइटफिल्डलाई ३२–१४ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा छिमे तामाङले ११ अंक योगदान गरे । एन्जल्स हार्टले हिमरश्मीलाई १६–११ ले हरायो ।

सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले सैनिकलाई ४३–२८, हिमालयन किङडमले रेडिअन्टलाई २८–१५, एचएचसीएले पारा माउन्ट एकेडेमीलाई ३९–१५, बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले स्कोलर्स होम एकेडेमीलाई ४८–२९ र नेसनल युनाइटेडले एन्जल्स हार्टलाई २७–२३ ले पाखा लगाए ।

इबीएका सौगात खत्रीले २८, एचएचसीएका पविन मगरले ११, बीएनएका सन्देश खड्काले २८ र नेसनल युनाइटेडका सविन नगरकोटीले ११ स्कोर गरे ।

सिनियर गल्र्समा एन्जल गुप्ता र मुस्कान गुरुङको ६–६ अंक सहयोगमा भ्याली पब्लिकले फेरिल्यान्डमाथि २४–१६ को जित आत्मासात् ग¥यो । जितसंगै भ्याली पब्लिकले सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो ।

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.