2 years ago
November 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाको क्वालालम्पुरमा आयोजना हुने सातौ केएल मेयर कप २०२२ मा सहभागिता जनाउन नेपालको च्याम्पियन मार्सल आर्ट्सको कराते टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
१५ खेलाडीसहित २१ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो । सातौ केएल मेयर कप २०२२ क्वालालम्पुरस्थित टिटिवाना इन्डोर स्टेडियमा २ देखि ४ डिसेम्वरसम्म हुनेछ ।
खेलाडीमा पुरुषतर्फ सुशिल पौडेल, विजय श्रेष्ठ, वीर बहादुर तामाङ, मनिष सोनकर, सुविन खत्री, राकेश लामा, याम बहादुर समाल, आशिष धामी र अनिल बराम रहेका छन् ।
महिलातर्फ डायना ओझा, युनिका मगर, मिस्ली श्रेष्ठ, निमा तामाङ, आयुष्मा बलामी र याङजुमा लामा छिन् । उनीहरुले विभिन्न उमेरसमूहमा आफ्नो चुनौती पेश गर्नेछन् ।
टिम प्रशिक्षकमा दिगम्वर प्रसाद पन्त र प्रभाकर रानामगर रहेका छन् । टोली नेतामा नरेन्द्र महर्जन, प्रतिनिधिमा सुरेश राना, टिम अफिसियलमा ओमा लामा गुरुङ, टिम व्यवस्थापकमा फुर्वा तामाङ रहेका छन् । टोलीलाई मुख्य अतिथी नागर्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, नागर्जुन १ का वडाध्यक्ष रामेश्वर लामा र च्याम्पियन्स एकेडेमीकी निर्देशक सुशिला लामाले विदाई गरेका थिए।
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधीका लागि फाइनल खेलमा भारत र न्युजिल्याण्डबीच खेल हुदैछ । भारत र न्युजिल्याण्डबीचको खेल युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार आइतवार दिउँसो २ः४५ मा हुदैछ । भारत सन् २०१३ पछि च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । सन् २०१३ को फाइनलमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डलाई पराजित गर्दै उपाधी जितेको थियो […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]