2 years ago
November 29, 2022
काठमाडाैं (हाम्राे खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमलाले राखेपको निमित्त सदस्य–सचिवको जिम्मेवारी पाएका छन् ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङ डिसेम्बर १ देखि ३ तारिखसम्म युनाइटेड अरब इमिरेट्सको युएइ राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालयमा हुने एसिया रग्बी कार्यकारी समिति र जिम्मेवारी दिइएको होइमिरेट्स दुबइ रग्बी सेभेन्सको बैठकमा सहभागी हुन दुबइ प्रस्थान गरेपछि उनलाई जिम्मेवारी दिइएको हो ।
धमलाले अब सदस्य–सचिव घिसिङको अनुपस्थितिमा राखेपको नीतिगत निर्णय र आर्थिक कारोबार बाहेक दैनिक प्रशासनिक कार्य गर्नका लागि जिम्मेवारी दिइएको हो । सदस्य–सचिव घिसिङ मंगलबारै दुबइ प्रस्थान गरिसकेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]