2 years ago
November 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनफिल्ड र गोल्डेनपिक १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
ग्रिनफिल्डले टीआईएलाई ३४–२० ले पराजित ग¥यो । ग्रिनफिल्डका अर्जुन बस्नेतले २६ स्कोर गरे । गोल्डेनपिकले एनसीसीएसलाई २४–१६ ले हरायो । विजेताका सुशिल गिरीले ९ अंक जोडे ।
सिनियर गल्र्समा पृथ्वीले निस्टमाथि १८–१० को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनायो । पृथ्वीकी बविता घिमिरेले ६ अंक बटुलिन् ।
सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले बीएमसीलाई ४२–२०, गोल्डेनपिकले भद्रकालीलाई ५२–२६ तथा सैनिकले मनासलुलाई ४१–१५ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे । इबीएका आयुश राई र सौगात खत्रीले १३–१३, गोल्डेनपिकका विजय तामाङले ५ र सैनिकका कुशल पौडेलले १७ अंक जोडे ।
अन्य प्रतिस्पर्धामा हिमालयन किङडमले स्किब्सलाई ३३–३२ तथा युनिभर्सिटीले स्कोलर्स होम एकेडेमीलाई २५–१८ ले पन्छाए । हिमालयनका साङ्गु तामाङले २३ तथा युनिभर्सिटीका सुरज पास्वानले १२ अंक जोडे ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]