default_image

2 years ago

November 28, 2022

रेडिअन्ट र एनसीसीएसलाई ओएसिस कप

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रेडिअन्ट पब्लिक र एनसीसीएसले दोश्रो ओएसिस कप उपत्यकाव्यापी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।

रेडिअन्ट सिनियर ब्वाइज तथा एनसीसीएस सिनियर गल्र्समा च्याम्पियन बनेकाे हाे । ढोलाहिटीस्थित आयोजक ओएसिस इङलिस स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा रेडिअन्टले एरिस एकेडेमीलाई १२–७ ले पराजित ग¥यो ।

रेडिअन्टको जितमा सुवास गौतमले सर्वाधिक ७ अंक योगदान गरे । सागर लामिछानेले ३ तथा रोहित चौधरीले २ स्कोर गरे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा श्रेया गुरुङको ७ अंक सहयोगमा एनसीसीएसले राराहिललाई १०–५ ले हरायो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुवास र श्रेया ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

सिनियर ब्वाइजमा आशिष थापा मगर र सिनियर गल्र्समा आयुशा महर्जन सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । प्रतियोगिता अवधिभर आशिषले ५१ तथा आयुशाले ३२ अंक जोडे । सिनियर ब्वाइजमा नेक्सस इन्टरनेसनल एकेडेमी तथा सिनियर गल्र्समा रातो बंगला अनुशासित टिम ठहरिए ।

विजेतालाई ओएसिसकी संस्थापक निर्देशक जानुका लिम्बू, राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री, बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा ७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

April 9, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

Success

Thank you for your time.