2 years ago
November 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक मध्येको एक नेक्सस इन्टरनेसनल एकेडेमीले पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ ।
मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको उद्घाटन खेलमा नेक्ससले भीमेश्वर एकेडेमीलाई ८–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो ।
नेक्ससको जितमा अंकित आले मगर, अनिश थापा मगर र एकराज विकले २–२ तथा दिनल लिम्बू र किशोर दनुवारले १–१ गोल योगदान गरे । जितसंगै नेक्सस क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नेक्सस र ए डिभिजन क्लब संकटा युथ क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले एक कार्यक्रमबीच उद्घाटन गरे ।
सो अवसरमा नेक्ससका प्रिन्सिपल आरबी कट्वाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठ, दिपीका रिमाल र कृष्णप्रसाद अधिकारी, मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंह, संकटाका अध्यक्ष इन्द्रमान तुलाधरलगायतको उपस्थिति रहेको थियो ।
विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक विवेक कट्वालले जनाएका छन् । नकआउट पद्धतिमा जारी प्रतियोगितामा १६ टिम सहभागी छन् । प्रतियोगिताअन्तर्गत मंगलबार कौस्तुभ एकेडेमी र लोयल्टी एकेडेमी तथा श्री सञ्जय साइ विद्या मन्दिर र ग्रामरबीच खेल हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]