2 years ago
November 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चैतन्य संस्कार शिक्षालयले ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार विजयी सुरुआत गरेको छ ।
प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा घट्टकुलोस्थित सूर्योदयको कोर्टमा चैतन्यले स्पाङ्गललाई २१–८ ले पराजित ग¥यो । चैतन्यको जितमा सलिना थापाको ६ स्कोर योगदान रह्यो । दियाको ४ अंक सहयोगमा भद्रघलेले सनसाइनलाई ६–४ ले हरायो ।
सिनियर ब्वाइजमा डेनेबले सूर्योदयलाई २१–१८, लिटिल फ्लावरले सनसाइनलाई २२–१४, हेम्सले भद्रघलेलाई ३२–१७ र स्पाङ्गलले अल्वर्टलाई १४–११ ले पन्छाए । प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रतियोगितामा सिनियर ब्वाइजमा १८, सिनियर गल्र्समा १४ र जुनियर ब्वाइजमा १० गरी जम्मा ४२ टिमको सहभागिता रहेको आयोजक प्याब्सन मध्य क्षेत्रीय समितिका अध्यक्ष दिनेशकुमार पाण्डेले जनाएका छन् ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]