2 years ago
November 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ओएसिस इङलिस स्कुल ‘ए’ दोश्रो ओएसिस कप उपत्यकाव्यापी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
ढोलाहिटीस्थित घरेलु कोर्टमा ओएसिसले रातो बंगला ‘बी’ लाई १२–६, रेडिअन्ट रिडर्सलाई १४–८ र एलआरआईलाई १०–४ ले पराजित ग¥यो ।
क्वाटरफाइनलमा ओएसिस ‘ए’ को भेट नालन्दासंग हुनेछ । अन्य क्वाटरफाइनल मगस र विल्सन एकेडेमी ‘बी’, रेडिअन्ट पब्लिक र रेडिअन्ट रिडर्स तथा एरिस एकेडेमी र रातो बंगला ‘ए’ बीच हुनेछ ।
सिनियर गल्र्समा भने सेमिफाइनल समीकरण पूरा भएको छ । रातो बंगलाको ‘ए’ र ‘बी’ दुवै टिम सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । रातो बंगला ‘ए’ ले एनसीसीएसको सामना गर्ने छ भने रातो बंगला ‘बी’ ले राराहिल विरुद्ध खेल्ने छ ।
प्रतियोगिताको ओएसिसकी संस्थापक निर्देशक जानुका लिम्बूले निर्णायक विनोद महर्जनलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरिन् । लिग कम नकआउट आधारमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा ७ टिम सहभागी छन् ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]