default_image

2 years ago

November 26, 2022

प्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखि

252 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा जम्मा ४२ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष दिनेशकुमार पाण्डेले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १८, सिनियर गल्र्समा १४ र जुनियर ब्वाइजमा १० टिमले प्रतिस्पर्धा गर्ने छन् ।

अध्यक्ष पाण्डेले भविष्यका खेलाडीलाई प्रतियोगिताले नयाँ उत्साह र प्रेरणा दिने बताउदै क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न प्रतियोगिताले टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

उनले चाँडै नै ब्याडमिन्टन र मार्सल आर्टका प्रतियोगिता पनि आयोजना गर्न लागिएको जानकारी गराउदै विद्यालय र विद्यार्थीबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतियोगिता महत्वपूर्ण साबित हुने धारणा व्यक्त गरे ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने आयोजक समितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक धनप्रसाद सुब्बाले जानकारी दिए ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु घट्टेकुलोस्थित सूर्योदय स्कुलको कोर्टमा खेलाइने छ । प्याब्सन मध्य क्षेत्रीय समिति काठमाडौंको मध्य क्षेत्रमा अवस्थित ६० भन्दा बढी विद्यालयहरुको साझा प्राज्ञिक संगठन हो ।

April 9, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

Success

Thank you for your time.