2 years ago
November 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड र नेसनल युनाइटेडले १५औं माछापुच्छ्रे भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।
ग्रिनल्यान्डले गोल्डेनपिकलाई ४३–३० ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा सुरेश बिसीले १९ अंक योगदान गरे । विराज श्रेष्ठको १० अंक मद्दतमा नेसनल युनाइटेडले केभीकेएसएसलाई २१–१४ ले हरायो ।
सोही स्पर्धामा इडेन ब्रिज एकेडेम (इबीए) ले जुगल एकेडेमीलाई ४४–२४ तथा काठमाडौं भ्यालीले टीआईएलाई ३०–१६ ले पाखा लगाए । इबीएका सौगात खत्रीले २२ तथा काठमाडौं भ्यालीका आयुशले ८ अंक जोडे ।
भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा एचएचसीएले दोहोरो जित निकाल्यो । एचएचसीएले काष्ठमण्डपलाई १४–११ तथा जुगललाई २९–१५ ले निराश पा¥यो । जितमा काष्ठमण्डप विरुद्ध रेस्मा तामाङले ११ तथा जुगल विरुद्ध सरा घलेले ९ स्कोर गरे । सिनियर गल्र्समै काष्ठमण्डपले जुगलमाथि २६–१४ को जित दर्ता ग¥यो । विजेताकी राज्भी श्रेष्ठले ८ अंक बटुलिन् ।
जुनियर ब्वाइजमा इबीएले डाफोडिललाई ११–७, ग्रिनल्यान्डले टीआईएलाई २६–१६ तथा बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले गोल्डेनपिकलाई २१–१३ ले पन्छाए । इबीएका निखिल शाहीले ११, ग्रिनल्यान्डका आयुश घलेले १८ र बीएनएका सुयेश गौतमले ८ अंक जोडे ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]