2 years ago
November 26, 2022
ललितपुर (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियनद्धय नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
प्रिन्स पुरुष एकलतर्फ तथा रशिला महिला एकलमा च्याम्पियन बनेकी हुन् । यि दुवै गत कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पनि च्याम्पियन बनेका थिए ।
नेपाल ब्याडमिन्टन संघले वरियताको मान्यता प्रदान गरिएको प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेलेका प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २१–९ र २१–१४ को सोझो सेटमा हराए । रशिलाले आर्मीकै अनुमाया राईलाई १९–२१, २१–१५ र २१–१८ ले पराजित गरिन् ।
च्याम्पियन प्रिन्स र रशिला समान ४० हजार रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रफुल र अनुमायाले समान २० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । कास्कीका विधान अधिकारी र १६ फिदरका क्षितीज खनाल तथा महिलातर्फ सेनाकी प्राथना देउवा र शोभा गौचन संयुक्त तेस्रो भइन् । उनीहरुले १० हजार रुपैया हात पारे ।
ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग र ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनामा भएको प्रतियोगिताको पुरुष युगल उच्च २० बरियता बाहेकको भिडन्तमा कास्कीका विधान अधिकारी र सेनाका पविन लिनथेपको जोडीले ललितपुरका दिपेश शाक्य र सुमन शाक्यको जोडीलाई २१–१२ र २१–१८ को सोझो सेटमा पराजित गर्दै उपाधी जिते ।
१६ फिदरका क्षितिज खनाल र अमन महर्जनको जोडी तथा पाँचथरका एशिया जवेगु र दिवस शंकरको जोडी तेस्रो भए । यसमा शीर्ष तीन स्थान प्राप्त गर्ने जोडीहरुले क्रमशः ४० हजार, २० हजार र १० हजार प्राप्त गरे ।
ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको यु१७ छात्र एकलतर्फ आर्मीका कवीर केसी र छात्रातर्फ आर्मीकै रिहाना शेरचनले उपाधि जिते ।
कवीरले सेनाकै अनिल मल्ललाई २१–१० र २१–१३ ले तथा रिहानाले कैलालीका रञ्जु रानालाई २१–८ र २१–१७ ले पराजित गर्दै उपाधी जितेका हुन् । कैलालीका रोशन साउद र शुभकामनाका सनौला रैनी तथा छात्रातर्फ सेनाकी सम्बृद्धि श्रेष्ठ र ललितपुरका श्रेया बज्राचार्य संयुक्त तेश्रो भइन् । शीर्ष तीन स्थानमा रहेका खेलाडीहरुले क्रमश २० हजार, १० हजार र ५ हजार रपैयासँगै मेडल र ट्रफी पाए ।
भेट्रान्स ४५ बर्ष माथि कास्कीका राजेश गुरुङ र शम्भु कुमार श्रेष्ठको जोडीले बाजी मारे । उक्त जोडीले किर्तिपुर ब्याडमिन्टन क्लबका काजी कार्की र राजु महर्जनको जोडीलाई २१–११ र २१–१६ ले पराजित गर्दै भेट्रान्सको उपाधी आफ्नो नाममा लेखाए ।
कालिका ब्याडमिन्टन क्लबका राम केसी र हरि खत्रीको जोडी तथा गठ्ठाघर स्पोर्टस् हाउसका डेन लामा र राकेश थापाको जोडी तेस्रो भए । शीर्ष तीन स्थानमा रहेका जोडीहरुले क्रमश २० हजार, १० हजार र ५ हजार रुपैयाँ हात पारे ।
विजयी खेलाडीहरुलाई ललितपुर क्षेत्र नं. २ (ख) बाट निर्वाचित बागमती प्रदेश साँसद रामकृष्ण चित्रकार, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कृत गरे ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]