default_image

2 years ago

November 24, 2022

रशिला र अनु क्वाटरफाइनलमा

159 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – नेपाली सेनाकी रशिला महर्जन र अनुमाया राई प्र्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकलतर्फ नवौं राष्ट्रिय खेलकुदककी च्याम्पियन रशिलाले सुर्खेतकी अग्रिमा भण्डारीलाई २१–९ र २१–१० ले तथा अनुले पाँचथरकी रिना तामा–लाई २१–१३ र २१–१३ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेकी हुन् ।

बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फ नै सर्लाहीकी निकिता लामा, एपिएफकी शोभा गौचन, मोरङकी सिमा राजवंशी, सेनाकी प्राथना देउवा, पुलिसकी निता लम्साल र सेनाकी स्नेहा श्रीपालीले अन्तिम आठमा स्थान बनाएकी छिन् ।

निकितालै कञ्चनपुरकी निलिमा महरालाई २१–१५ र २१–१६, शोभाले बेलटार ब्याडमिनटन एकेडेमीकी रोजी राईलाई २१–१८ र २१–१५, सिमाले सेनाकी बिष्णा बिष्टलाई २१–१८, १४–२१ र २१–११, प्राथनाले ललितपुरकी सुपला बज्राचार्यलाई २१–९ र २१–७, निताले सुर्खेतकी यशोदा रोकायालाई २१–६, २१–६ र स्नेहाले कैलालीकी अनिला सुनुवारलाई २१–१०, २२–२४ र २१–१५ ले पराजित गरिन् ।

पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहाल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दाहालले ललितपुरका राजेन्द्र महर्जनलाई २१–१७ र २१–६ ले पराजित गरे ।

१६ फिदरका अमन महर्जनले एपिएफका निराजन देवकोटालाई २०–२२, २१–१२ र २१–१४ ले, पाँचथरका दीवस शंकरले कैलालीका चन्द्रिका कथरियालाई २१–११, १२–२१ र २१–१४ ले, सेनाकी अनिल मल्लले पुलिसका जीवन आचार्यबाट वाकओभर, कास्कीका विधान अधिकारीले कैलालीका शिषिर रानालाई २१–८ र २१–६ ले, एपिएफका देवराज रानाले रिभियरा ईन्टरनेशनल एकेडेमीका सुमिन थोकरलाई २१–१६ र २१–१५ ले हराए ।

यस्तै एपिएफका सुजन थापाले कञ्चनपुरका निखिल भट्टलाई २१–१४ र २१–१५ ले, १६ फिदरका सुलभ पौडेलले पुलिसका सुनिल जोशीबाट वाकओभर, कास्कीका विशन गुरुङले पुलिसका पुर्णबहादुर थापालाई १६–२१, २१–१४ र २१–१७ ले, सेनाका प्रफुल महर्जनले काठमाडौं ब्याडमिन्टन एकेडेमीका बविश थापालाई २१–५ र २१–९ ले हराए ।

यस्तै कैलालीका रोशन साउदले भक्तपुरका मुकेश श्रेष्ठलाई २१–१२ र २१–८ ले, सेनाका पविन लिनथेपले एपिएफका विजित थापामगरलाई २१–१५ र २१–१० ले, १६ फिदरका क्षितिज खनालले मोरङ जिल्ला ब्याडमिन्टन संघका सुप्रिम पन्थलाई २१–११ र २१–७ ले, सेनाका हिमाल चन्दले पुलिसका दीपक बोहराबाट वाकओभर प्राप्त गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् ।

छात्र यु१७ तर्फको प्रतियोगितामा कैलालीका रोशन साउद, सेनाका कविर के.सी., शुभकामना युवा क्लबका सनौला रैनी, सेनाका अनिल मल्ल अन्तिम सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन् । यस्तै छात्रातर्फ कैलालीकी रञ्जु राना, सेनाकी रिहाना शेरचनले पनि अन्तिम चारमा स्थान बनाएका छन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.