2 years ago
November 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबको संयुक्त आयोजनामा पाँचौं नेक्सस–संकटा कप फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक नेक्ससका प्रिन्सिपल आरबी कट्वालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने छन् ।
प्रिन्सिपल कट्वालले आगामी दिनमा पुरस्कार राशीलाई बृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दै युवा खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको सुरुआत गरिएको बताए ।
प्रतियोगिता संयोजक विवेक कट्वालले प्रतियोगिताको नारा ‘फुटबल फर एडुकेसन’ रहेको जानकारी गराउदै फुटबलका जनशक्ति रेफ्री, ग्राउन्ड स्टाफलगायत उत्पादनमा पनि नेक्सस लागि परेको बताए ।
पत्रकार सम्मेलनमा संकटा, मध्यपुर युथ एसोसिएनका प्रतिनिधि, सहभागी टिमका प्रशिक्षक, कप्तानलगायतको उपस्थिति थियो । नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]