2 years ago
November 23, 2022
ललितपुर (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका पविन लिनथेप प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेका छन् ।
ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा बुधबारबाट भएको प्रतियोगिताको पुरुष एकलतर्फ हुम्लाका दशरथ बुढालाई २१–१२ र २१–९ को सोझो सेटमा पराजित गर्दै पविन दोस्रो चरणमा प्रवेश गरेका हुन् ।
बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा पुरुष एकलतर्फ ललितपुरका राजेन्द्र महर्जन, १६ फिदरका अमन महर्जन, कैलालीका चन्द्रिका कथरिया, सेनाका अनिल मल्ल, कैलालीका शिषिर राना, रिभियरा ईन्टरनेशनल एकेडेमीका सुमित थोकर, १६ फिदरका सुजन थापा, कञ्चनपुरका निखिल भट्ट, सूर्यदर्शन ब्याडमिन्टन एकेडेमीका हिरा राई, १६ फिदरका सुलभ पौडेल, कास्कीका विसन गुरुङ, काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बविश थापा, भक्तपुरका मुकेश श्रेष्ठ, मोरङ जिल्ला ब्याडमिन्टन संघका सुप्रिम पन्थ र सेनाका हिमाल चन्द पनि दोस्रो चरण्मा प्रवेश गरेका छन् ।
प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरेका थिए । यस्तै मेयर महर्जनले प्रतियोगिताका रेफ्रि अनुप रत्न शाक्ललाई सटलकर्क प्रदान गर्दै खेलको सुरुवात गरेका थिए । उद्घाटन कार्यक्रममा उपमेयर मंजली शाक्य बज्राचार्य, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायत संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]