default_image

2 years ago

November 23, 2022

नेपाल भलिबल संघ जापान शाखाको अध्यक्षमा बस्नेत निर्वाचित

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशनले बुद्ध बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति नै निर्विरोध चयन गरेको छ ।

जापानको टोकियोस्थित सिनओकुवोमा मंगलबार भएको दोस्रो अधिवेशनले आगामी दुई कार्यकालका लागि बस्नेतको अध्यक्षतामा पुरै कार्यसमिति नै निर्विरोध चयन गरेको हो ।

प्रथम उपाध्यक्षमा भिक्टर ठाडा मगर, उपध्यक्षमा दिपेश खत्री र बसन्त थापा निर्वाचित भएका छन् । महासचिबमा प्रकाश चन्द्र जोशी र सह–सचिबमा रविन सुवेदी निर्वाचित भए । कोषाध्यक्षमा कमल खड्का र सह–कोषाध्यक्षमा केशव सुबेदी निर्वाचित भएका छन् ।

सदस्यमा मनोज केसी, राजेश थापा मगर, दिनेश थापा, देव हर्मा (माइला) र सविना छन्त्याल निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक तथा नेपाल भलिबल संघ गण्डकी प्रदेशका अध्यक्ष नविक कुमार गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

निर्वाचित पदाधिकारीलाई पूर्व राष्ट्रिय खेलाडी तथा पशिचमाञ्चल क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष श्री गुरुङ, निर्वाचन समितिका संयोजक एवम् गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन कुमार गुरुङ, निवर्तमान अध्यक्ष रत्न सिंह बस्नेत एनआरएनए जापानका उपाध्यक्ष राम थापा ‘अनिल’, गलकोट समाज जापानकी अध्यक्ष कालिका थापा, एनआरएनए चिवाका संयोजक मुक्तिराज रेग्मी, गायक रामकृष्ण बम मल्ल लगायतले बधाई तथा शुभकामना प्रदान गरे ।

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

Success

Thank you for your time.