2 years ago
November 18, 2022
काठमाडौं (हाम्रो खेलकुद)– टेबल टेनिसका वरिष्ठ प्रशिक्षक शंकर गौतम एसियाली टेबल टेनिस युनियनको उपाध्यक्ष चयन भएका छन् । थाइल्यान्डमा शुक्रबार भएको विशेष साधारण सभाले गौतमलाई दक्षिण एसियाली क्षेत्रिय उपाध्यक्ष चयन गरेको हो ।
एसियाली मुलुकले नेपाललाई पनि प्राथमिकता दिएमा खुसी व्यक्त गर्दै गौतमले आफ्नो चयनलाई नेपाली टेबल टेनिसको सम्मानको रुपमा लिएको बताएका छन् । गौतमले भने, ‘दक्षिण एसिया होस् वा एसियाली टेबल टेनिस युनियनमा होस् जहाँ हुँदा पनि हामीले देशकै प्रतिनिधित्व गर्ने हो ।’
राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ टेबल टेनिस प्रशिक्षक समेत रहेका ५७ वर्षे गौतम अखिल नेपाल टेबल टेनिस र दक्षिण एसियाली टेबल टेनिस महासंघका महासचिव हुन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कास्य पदक विजेता हुन् । चौथो देखि छैटौं सागमा देशको प्रतिनिधित्व गरेका गौतम सम्मिलित टोलीले चौथो सागमा टिम इभेन्ट्समा कास्य पदक जितेको थियो ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]