2 years ago
November 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्सको मार्सेली शहरमा हालै सम्पन्न भएको एफआईए विश्व मोटर स्पोर्टस च्याम्पियनसिपमा सहभागी भएको नेपाली टोलीलाई नेपाल अटोमोवाइल एसोसियसन (नासा) ले सम्मान गरेको छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ ले खेलाडीहरु अनिल कुमार बराल, दिप्रश शाक्य, जिस्वान तुलाधर एवं अफिसियल यदुराम लामिछाने र सिर्जना बराल लाई बिहीबार सम्मान गरेका हुन् । मोटर स्पोटसको अन्तराष्ट्रिय महासंघ फेडरेसन इन्टरनेशनल डे अटोमोबाइल (एफआईए) ले आयोजना गरेको विश्वकप सरहको सो प्रतियोगितामा नेपालको सहभागिता पहिलो पटक भएको थियो ।
मोटर स्पोटस का १७ वटा विभिन्न विधाका खेलहरु समावेश गरिएको सो प्रतियोगितामा विश्वका ७० देशका एक हजार भन्दा बढीको सहभागिता रहेको थियो । नेपालमा मोटर स्पोर्टसको लागि आवश्यक भौतिक पूर्वाधार एवं प्रशिक्षणको अभावका बावजुद पनि आफूहरुले स्तरिय प्रदर्शन गरेको जनाउँदै शाक्यले अन्य देशका खेलाडी र प्रशिक्षकले पनि नेपालीको प्रदर्शनको प्रशंसा गरेको बताए ।
नासाका अध्यक्ष दशरथ रिसालले विश्वकप सरहका ओलम्पिक फरम्याटमा सन्चालन गरिएको उत्कृष्ट खेल मोटर स्पोर्टसमा नेपालले भाग लिन पाउनु एउटा गौरवान्वीत क्षणको बताए । उनले भविष्यमा विश्वस्तरिय प्रतियोगितामा नेपाली खेलाडीले पदक जित्ने आशा व्यक्त गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]