2 years ago
November 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेपाल एपीएम प्रालिका आशिष महता र नेपालकी इन्दिरा पराजुलीले दोश्रो एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् ।
आशिषले यु–१६ सिंगल्स तथा इन्दिराले महिला ४० वर्षमाथि सिंगल्समा स्वर्ण जितेका हुन् । भैसेपाटीस्थित आयोजक एपीएमको हलमा भएको यु–१६ फाइनलमा आशिषले बुटवलका विसु सुनारलाई ७–११, ११–५, ११–३ र ११–६ को सेटमा पराजित गरे ।
एपीएमकी योङगी पौडेल र दक्षिण कोरियाकी पार्क संयुक्त रुपमा तेश्रो भए । यो स्पर्धा ब्वाइज र गल्सलाई मिसाएर खेलाइएको थियो । शीर्ष तीन स्थान हात पार्नेले जिओमद्वारा प्रायोजित टेबलटेनिस खेल सामाग्री प्राप्त गर्ने छन् ।
यु–१६ मा सहभागी ब्वाइज र गल्स गरी जम्मा ३० खेलाडीलाई प्रतिस्पर्धा अघि ओलम्पिकको टेबलटेनिसमा स्वर्ण जितेकी याङ योङ जाले प्रशिक्षण दिएकी थिइन् । प्रशिक्षणमा सहभागीबीच नै प्रतिस्पर्धा गराइएको हो ।
महिला भेट्रान ४० वर्षमाथि सिंगल्सको फाइनलमा इन्दिराले नेपालकै सम्झना पोखरेललाई ११–३, ११–३ र ११–३ को सोझो सेटमा हराइन् । नेपालकी सरिता बस्नेत र दक्षिण कोरियाकी इम ए सुक तेश्रो बने ।
पुरुष ६० वर्षमाथि नेपालका रञ्जन सुब्बा पहिलो भए । उनले फाइनलमा दक्षिण कोरियाका नाम साङ वनलाई ३–११, ११–९, ११–७ र १४–१२ को सेटमा पाखा लगाए । नेपालका आनन्द धाक्वा र जगदीश्वर जोशीले तेश्रो स्थानमा चित्त बुझाए ।
प्रतियोगितामा पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । सबै स्पर्धाका विजेताले ५० हजार, उपविजेताले २० हजार तेश्रोले १०–१० हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, चीन र भारतका गरी जम्मा ८० खेलाडी सहभागी छन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]