2 years ago
November 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – निम्स र युनिक नेपाल एकेडेमी, भक्तपुरले आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् ।
निम्सले सिनियर ब्वाइज र सिनियर गल्र्स दुवैको उपाधि रक्षा ग¥यो । युनिक जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । स्युचाटारस्थित आयोजक रेडिअन्ट पब्लिक स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा डिफेन्डिङ च्यामिपयन निम्सले जेनिथलाई ४७–३६ ले पराजित ग¥यो ।
निम्सका सरोज सेती मगर र आयुशले समान ११–११ अंक जोडे । सिनियर गल्र्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन निम्सले संस्कृतिलाई २०–११ ले हरायो । निम्सकी टिना लिम्बूले ८ स्कोर गरिन् । जुनियर ब्वाइज फाइनलमा युनिकले ग्रिनफिल्डलाई २१–१७ ले पाखा लगायो । युनिकका सजित रिमालले ७ अंक बटुले ।
फाइनलका सर्वाधिक स्कोरकर्तात्रय सागर, टिना र सजित आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा विस्डम इङलिस एकेडेमी, सिनियर गल्र्समा जेसिस इन्टरनेसनल र जुनियर ब्वाइजमा सिर्जना ज्ञान सागर अनुशासित टिम चुनिए ।
विजेतालाई केन्द्रीय प्याब्सनका अध्यक्ष डिके ढुंगाना र उपाध्यक्ष गोपाल आचार्य, आयोजक रेडियन्ट पब्लिकका प्रिन्सिपल सूर्यबहादुर केसी, आयोजक रेडिअन्टका को–ओर्डिनेटर दिलिप कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
कात्तिक २१ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ गरी ४८ टिम सहभागी थिए ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]