2 years ago
November 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा पुस पहिलाे साता आयोजना हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले खुल्ला छनोटबाट प्रारम्भिक चरणमा २० खेलाडी छनोट गरेको छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा चार दिनसम्म चलेको खुल्ला छनोटबाट मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट, प्रशिक्षक भरत यादवको टोलीले खुल्ला छनोटमा रहेका ८० खेलाडीबाट प्रारम्भिक चरणमा २० खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेका हुन् ।
काभा यू२३ च्याम्पियनसिप ढाकामा पुस ५ देखि १२ गतेसम्म हुँदैछ । बन्द प्रशिक्षण आइतबारदेखि नै शुरु हुने संघले जनाएको छ । बन्द प्रशिक्षणको केही दिनपछि नै अन्तिम टोली छनोट हुनेछ ।
नेपाली युवा टोलीको प्रशिक्षकमा जगदिश प्रसाद भट्ट सहायक प्रशिक्षकमा भरत यादव रहेका छन् । टोलीसँग राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तरगत भलिबलका मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह पनि हुनेछन् ।
यस्तै बंगलादेशकै कक्स बजारमा हुने सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपका लागि संघले पुरुष र महिलातर्फ समान ४–४ गरी ८ खेलाडी छनोट गरिसकेको छ ।
पुरुषतर्फ मानबहादुर श्रेष्ठ, दिल बहादुर सुनार, राज कुमार निरौला र लक्ष्मण राना छनोट भएका छन् । महिलातर्फ कोपिला उप्रेती, कमला पुन, रेश्मा भण्डारी र निरुता ठगुन्ना छनोट भएका छन् । बन्द प्रशिक्षणपछि पुरुष र महिलातर्फ समान एक टोली छनोट गरिनेछ । यू२३ छनोट समितिको संयोजकमा जितेन्द्र श्रेष्ठ र बिच भलिबल छनोट समितिको संयोजकमा जुनु पुन रहेका छन् ।
बन्द प्रशिक्षणमा पर्न सफल खेलाडी
धिरोज कुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, विष्णु बस्नेत, गोविन्द टमाटा, सफल विक, सन्तोष महता, तेज नाथ, सुरेन्द्र भाट, मनिष मानन्धर, हेमन्त मल्ल, प्रेम प्रसाद गौतम, रुप बहादुर गुरौ, वेद प्रकाश जोशी, सम्राट भण्डारी, सुभास कुँवर, गौरव पाण्डे, भीम राज गुरुङ र विशाल भण्डारी
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]