2 years ago
November 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक रेडिअन्ट पब्लिक आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्टले स्वर्णिमलाई १८–११ ले पराजित ग¥यो । रेडिअन्टकी प्रशंसा बुढाथोकीले १० अंक जोडिन् ।
सोही स्पर्धामा न्यु भिजन एकेडेमीले इनोभेटिभलाई १३–१२ तथा डिफेन्डिङ च्याम्पियन निम्सले रिब्सलाई २८–४ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । न्यु भिजनकी मान्यता भट्टराई तथा निम्सकी निरु तामाङले समान ८–८ अंक जोडे ।
सिनियर ब्वाइजमा जेनिथले हार्टल्यान्डलाई ५०–३६, काठमाडौं जेभियरले बौद्ध चिल्ड्रेन हेभनलाई ३४–३१, साविक विजेता निम्सले विल्सन एकेडेमीलाई ४८–२९, ओसिसले श्री नवीन ज्योतिलाई ३८–६, एचएचसीएले पिपुल्स एकेडेमीलाई ३८–२१, ग्रिनफिल्डले इडेन ब्रिज एकेडेमीलाई ३६–३५, पुष्पसदनले स्वर्णिमलाई ४१–२० र आयोजक रेडिअन्टले विस्डमलाई ३१–१७ ले पाखा लगाए ।
जितसंगै आठै टोली क्वाटरफाइनलमा पुग्न सफल भए । जेनिथका रोनिश तामाङले २४, काठमाडौं जेभियरका आदित्य अधिकारीले १४, निम्सका सफल नेपालीले १८, ओसिसका सुरेश रोकाले २०, एचएचसीएका पवन मगरले १४, ग्रिनफिल्डका अर्जुन बस्नेतले १२, पुष्पसदनका रिकेश जिसीले १३ र रेडिअन्टका सुवास गौतमले १२ स्कोर गरे ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]