default_image

2 years ago

November 11, 2022

कामना सेवा फुटसल कपको नकआउट समिकरण पूरा

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको कामना सेवा फुटसल कपको प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको छ । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा शुक्रबार समूह चरणको खेल सकिएसँगै प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको हो ।

प्रतियोगिता अन्तर्गत समूह ए बाट कामना सेवा विकास बैंक समूह विजेता र लुम्बिनी बैंक उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘बी’ बाट माछापुच्छ्रे बैंक विजेता र नेपाल इन्भेस्टमेन्ट बैंक उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ‘सी’ बाट ज्योति विकास बैंक विजेता र प्रभु बैंक उपविजेता बन्दै प्रि(क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘डी’ बाट सिद्दार्थ बैंक विजेता र एनएमबी बैंक उपविजेता बन्दै नकआउट चरणमा पुग्दा समूह ‘ई’ बाट सानिमा बैंक विजेता र राष्ट्रिय बीमा संस्थान उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ‘एफ’ बाट हिमालयन बैंक विजेता र कुमारी बैंक उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सांग्रिला बैंक, गुर्खास फाइनान्स र महालक्ष्मी विकास बैंक उत्कृष्ट तेस्रो हुँदै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कामना सेवा विकास बैंकको आयोजनामा भएको प्रतियोगिताको नकआउट चरण र फाइनल खेल शनिबार हुनेछ । प्रतियोगितामा सहभागी बैंक तथा वित्तिय संस्थाको २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको थियो ।

प्रतियोगितामा पहिलो पटक दुई महिला टोलीले सहभागिता जनाएको छ । महिला टोलीमा आयोजक कामना र माछापुच्छ्रे रहेको छ । दुई टोलीबीच शनिबार सिधै फाइनल खेल हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.