2 years ago
November 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – शिवपुरी, नुवाकोटका सन्जिव तामाङ र ज्ञान ज्योतिका दिपेश गुरुङले दोश्रो अन्तरविद्यालय गोजुकाइ कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
बाँसवारीस्थित आयोजक द चाँदबाग स्कुलमा भएको पुरुष ३५ केजीमा सन्जिवले श्री कालिका आयुश सुनार तथा ४० केजीमा दिपेशले शिवपुरीका निमा तामाङलाई फाइनलमा पराजित गरे ।
पुरुष २० केजीमा श्री कालिकाका क्षितिज तामाङले श्री कालिकाकै प्रहलाद सुनवार तथा २५ केजीमा शिवपुरीका डानिल तामाङले श्री कालिकाका सचिन लामालाई फाइनलमा हराउदै पहिलो भए ।
जुनियर एकल काताको पुरुषमा मित्र पार्कका सक्षम लामाले स्वर्ण र इन्द्रावतीका देवेन्द्र मगरले रजत तथा महिलामा जिनियस वल्र्ड स्कुलकी जेनी चित्रकारले स्वर्ण र इन्द्रावतीकी सलिना लामाले रजत जिते ।
सिनियर एकल काताको पुरुषमा चिल्ड्रेन मोडेलका पुजन तामाङ पहिलो र चाँदबागका प्रविज्ञ कोइराला दोश्रो तथा महिलामा नेसनल युनाइटेडकी अपेक्षा मगर पहिलो र चाँदबागकी अन्सु गुरुङ दोश्रो भए ।
प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिका वडा ३ का अध्यक्ष प्रेम थापाले गरे । कुमुते र कातामा गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । शनिबार सम्पन्न हुने प्रतियोगितामा २ सय खेलाडी सहभागी छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]