2 years ago
November 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र ऋतिक रानाले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको फाइनलमा भिड्ने भएका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा प्रदीपले निशन श्रेष्ठलाई ६–१ र ६–२ ले हराएर उपाधि नजिक पुगेका हुन् । ऋतिकले सेमिफाइनलमा प्रणव खनाललाई २–६,६–४ र ६–३ ले पराजित गरे ।
महिला एकलतर्फको फाइनलमा सुनीरा थापा र अभिलाषा विष्टबीच प्रतिस्पर्धा हुनेछ । अभिलाषाले सेमिफाइनलमा इशा डोल्कर गुरुङलाई ६–३ र ६–३ ले हराईन् । सुनीराले शर्भानी श्रेष्ठलाई ६–४ र ६–३ ले पराजित गरिन् ।
पुरुषको ३५ वर्षमाथिको एकलतर्फको उपाधि कमल बहादुर भण्डारीले जिते । फाइनलमा कमलले जितेन्द्र परियारलाई ६–२,०–६ र १०–७ ले पराजित गरे । पुरुषको ४५ वर्षमाथिको एकलको उपाधि महेश श्रेष्ठले हात पारे ।
फाइनलमा महेशले विमल कुमार गुरुङलाई ६–४ र ६–१ ले पराजित गरे । पुरुषकै ५५ वर्षमाथि एकलको उपाधि विमल कुमार गुरुङले हात पारे । विमलले फाइनलमा उत्तम कुमार लामालाई ६–३ र ६–४ ले पराजित गरे ।
पुरुषको ६५ वर्षमाथि एकलको उपाधि बिदुर विष्टले हात पारे । उनले फाइनलमा ज्ञानेन्द्र मान ताम्राकारलाई ४–२,३–५ र ७–५ ले पराजित गरे ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]