2 years ago
November 11, 2022
काठमाडौं (हाम्राे खेलकुद) – इनोभेटिभ आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
इनोभेटिभले लोक आदर्शलाई ६–२ ले पराजित ग¥यो । इनोभेटिभको जितमा पूजा थापाले ४ अंक योगदान गरिन् । गल्र्समै दियाको ४ अंक सहयोगमा न्यु भिजनले जेसेसलाई १६–४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो ।
जुनियर ब्वाइजमा भ्याली भ्यूले ओसिसलाई ९–२ ले पन्छ्याउदै क्वाटरफाइनल यात्रा तय ग¥यो । भ्याली भ्यूका रोहित शर्माले ४ अंक जोडे ।
सिनियर ब्वाइजमा पुष्पसदनले जुबिलियन्टलाई २६–१४, आयोजक रेडिअन्ट पब्लिकले रेडिअन्ट रिडर्सलाई ३८–१६, हार्टल्यान्डले हेम्सलाई ३६–२९ र जेनिथले द एक्सेल्सियरलाई ३६–७ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान बनाए ।
पुष्पसदनका मिलन कुँवरले १३, रेडिअन्ट पब्लिकका सुवास गौतमले १२, हार्टल्यान्डका प्रशान्त धामीले १५ र जेनिथका सुशिल शाहीले १७ स्कोर गरे ।
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]
January 14, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]