2 years ago
November 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र प्रणव खनाल दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार प्रदिपले सौगात बिकेलाई ६–३ र ६–४ ले हराएर अन्तिम चारमा स्थान पक्का गर्दा प्रणवले गौरव प्रताब सिंहलाई ६–० र ६–० ले हराएर सेमिफाइनलमा स्थान बनाए ।
पुरुष एकलतर्फ निशन श्रेष्ठले निहल जंग बहादुर थापालाई ६–१, ४–६ र ६–३ ले हराएर अन्तिम चारमा स्थान बनाए । ऋतिक रानाले प्रणव मानन्धरलाई ६–३ र ६–४ ले हराएर अन्तिम चारमा स्थान सुरक्षित गरे ।
महिला एकलतर्फ सुनिरा थापा, ईशा डोल्कर गुरुङ र शर्भानी श्रेष्ठले सेमिफाइनलमा स्थान बनाएकी छिन् । पुरुष ३५ वर्षमाथिको एकलमा जितेन्द्र परियार र कमल भण्डारीले फाइनलमा स्थान बनाए ।
पुरुष ४५ वर्षमाथि एकलमा महेश श्रेष्ठ र विमल कुमार गुरुङले उपाधि भिडन्त पक्का गरे । ५५ वर्षमाथि उत्तम कुमार लामा र विमल कुमार गुरुङले फाइनलमा स्थान बनाए ।
६५ वर्षमाथि एकलमा बिदुर विष्टले हर्क बहादुर गुरुङलाई ४–२ र ४–० ले हराएर फाइनलमा स्थान बनाए । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]