2 years ago
November 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – द चाँदबाग स्कुलको आयोजनामा दोश्रो अन्तरविद्यालय गोजुकाइ कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा कुमुते र कातामा गरी जम्मा २१ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । कुमुतेको पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धा समावेश छन् । पुरुष÷महिलातर्फ एकल र टिममा ४ स्वर्णका लागि खेल हुने आयोजकले जनाएको छ ।
दुईदिने प्रतियोगिताका खेलहरु बाँसवारीस्थित आयोजककै हातामा खेलाइने छ । प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिका वडा ३ का अध्यक्ष प्रेम थापाले गर्ने कार्यक्रम छ ।
December 25, 2024
तनहुँ (हाम्रो खेलकुद) – बराहडाँडा युवा क्लबकाे आयाेजना तथा बराहडाँडा टोल विकास संस्थाको सह–आयोजनामा हुने २८ बजार मेलामा पुरुष र महिला भलिबल प्रतियोगितासँगै विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । शुक्लागण्डकी नगरपालिका– १२ बराहडाँडा तनहुँमा रहेको बाराही प्राथमकि विद्यालयले हरेक वर्षको पुस २८ गते बार्षिकोत्सव मनाउँदै आइरहेकाेमा पछि यो वार्षिकोत्सव २८ बजार मेलाले चिनिन्छ […]
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्को साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]
December 22, 2024
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]