default_image

2 years ago

November 9, 2022

रेडिअन्ट क्वाटरफाइनलमा

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक रेडिअन्ट पब्लिक आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्टले रिब्सलाई १८–७ ले पराजित ग¥यो । रेडिअन्टकी दिब्यान्शा कार्कीले ८ अंक जोडिन् । रेडिअन्ट समूह ‘सी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । रिब्स पनि समूह उपविजेताका रुपमा क्वाटरफाइनलमा स्थान बनाउन सफल रह्यो ।

सिनियर गल्र्समै इनोभेटिभले सनसाइनलाई ११–६ तथा स्वर्णिमले विल्सनलाई ११–५ ले हराए । इनोभेटिभकी पूजा थापाले ८ तथा स्वर्णिमकी अरिभानाले १० स्कोर गरे ।

सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले रेडिअन्ट रिडर्सलाई ३७–२४ ले पन्छ्याउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । इबीएका सौगातले १७ अंक जोडे । अन्य खेलमा जेनिथले बौद्ध चिल्ड्रेन हेभनलाई ३५–१४, काठमाडौं जेभियरले हार्टल्यान्डलाई ४०–३६ तथा स्वर्णिमले नेपाल सेन्ट्रललाई ३१–१८ ले निराश पारे ।

जेनिथका सुशिल शाहीले १४, काठमाडौं जेभियरका आदित्यले १० तथा स्वर्णिमका दीपेश शाक्यले १७ अंक बटुले । जुनियर ब्वाइजमा इबीएले ओरेकल रेमाथि २६–३ को सहज जित दर्ता ग¥यो । जितसंगै इबीए क्वाटरफाइनलमा पुग्यो ।

इबीएको जितमा निखिल शाहीले २० अंक योगदान गरे । जुनियर ब्वाइजमै विधान कार्कीको १० अंक सहयोगमा आयोजक रेडिअन्टले महामन्जुश्रीलाई १३–१० ले पराजित ग¥यो ।

April 9, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

Success

Thank you for your time.