2 years ago
November 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र प्रणव खनालले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फ क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार प्रदिपले आयुष्मान हजुर घलेलाई ६–३ र ६–३ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् । प्रणवले प्रि–क्वाटरफाइनलमा राज बीर प्रधानलाई ६–२ र ६–० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
प्रणव मानन्धरले गोविन्द नेपालीलाई ६–१ र ६–१ ले तथा गौरव प्रताव शाहीले सुशल मोक्तानलाई ६–० र ६–० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएका छन् । सौगात बिक, निहल जंग बहादुर थापा, निसन श्रेष्ठ र ऋतिक राना पनि अन्तिम आठमा प्रवेश गरेका छन् ।
३५ वर्षमाथि पुरुष एकलमा सन्तोष कार्की, जितेन्द्र परियार, कमल भण्डारी र सिमान्त गुरुङले सेमिफाइनलमा स्थान बनाएका छन् । ४५ वर्षमाथिको एकलमा महेश श्रेष्ठ, रोहित सुनुवार, मनोज बिक्रम शाह र विमल कुमार गुरुङले अन्तिम चारको यात्रा तय गरेका छन् ।
पुरुषकै ५५ वर्षमाथि एकलमा उत्तम कुमार लामा, निरन्जन कुमार श्रेष्ठ, विमल कुमार गुरुङ र जीवन घिमिरेले अन्तिम चारको यात्रा तय गरेका छन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]