default_image

2 years ago

November 9, 2022

काभा बिच भलिबल – बन्द प्रशिक्षणलाई ८ खेलाडी छनोट

315 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले सेन्ट्रल एसियन (काभा) महिला तथा पुरुष बिच भलिबल प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा ८ खेलाडीलाई छनोट गरेको छ ।

कीर्तिपुरस्थित बिच भलिबल कोर्टमा दुइ दिनसम्म चलेको छनोट प्रतियोगितामार्फत पुरुषतर्फ ४ र महिलातर्फ ४ जना गरी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ८ खेलाडी छनोट गरिएकाे हाे ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनार र नेपाल एपीएफ क्लबका राजकुमार निरौला र लक्ष्मण राना बन्द प्रशिक्षणलाई छनोट भएका छन् । महिलातर्फ पुलिसकी कमला पुन र कोपिला उप्रेती तथा एपिएफकी रेश्मा भण्डारी र निरुता ठगुन्ना छनोट हुन सफल भएका छन् ।

बुधबार भएको पुरुषतर्फको छनोटको फाइनलमा मान र दिलको जोडीले राज कुमार र लक्ष्मणको जोडीलाई २–० को सोझो सेटमा हराउँदै पहिलो हुन सफल भयो । संघले फाइनलमा पुगेका दुवै टोलीलाई बन्द प्रशिक्षणमा राखिने जनाएको छ । बन्द प्रशिक्षणपछि उत्कृष्ट खेलाडीलाई छनोट गरी अन्तिम टोली निर्माण गरिने छ ।

महिलातर्फ मंगलबार नै पुलिसकी कोपिला उप्रेती र कमला पुनको जोडीले एपिएफकी निरुता ठगुन्ना र रेश्मा भण्डारीको जोडीलाई २–० को सेटमा हराएर पहिलाे भएकाे थियो ।

छनोट प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ५ टिमको सहभागिता थियो । छनोटमा विभागबाहेक प्रदेश र अन्य क्लबहरुले सहभागिता जनाएनन् ।

छनोट भएका सबै ८ खेलाडी नै विभागीय टोलीका रहेकाले मंसिर ४ गते हुने निर्वाचनपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गरिने संघले जनाएके छ । एसियन सेन्ट्रल जोन बिच भलिबल बंगलादेशको कक्स बजारमा ११ देखि १६ पुससम्म हुँदैछ ।

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

Success

Thank you for your time.