2 years ago
November 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा ४ स्वर्ण जितेको छ । नेपालले थप ६ रजत र १ कांस्य पनि जित्यो ।
भारतको पन्जाबमा भएको प्रतियोगितामा ६ खेलाडी सहभागी भएकोमा सबै पदक जित्न सफल भएको तार्केश्वर उमा कुङफु स्कुलका प्रमुख प्रशिक्षक समेत रहेका नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जनले जनाएका छन् ।
पदक विजेता सबै खेलाडी तार्केश्वर उमा कुङफु स्कुलका हुन् । साइना महर्जन, सिम्रिका कुँवर र आर्यन रावलले कातामा स्वर्ण र किक बक्सिङमा रजत तथा दर्शना तामाङले किक बक्सिङमा स्वर्ण र कातामा रजत जिते ।
प्रशंसा मोक्तानले काता र किक बक्सिङमा गरी २ रजत जितिन् भने राजन तामाङले किक बक्सिङमा कांस्य प्राप्त गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]