default_image

2 years ago

November 8, 2022

संस्कृति क्वाटरफाइनलमा

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – संस्कृति आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्युचाटारस्थित आयोजक रेडिअन्टको कोर्टमा संस्कृतिले न्यु भिजनलाई १३–६ ले पराजित ग¥यो । संस्कृतिकी प्रत्युशा तुलाचनले ४ अंक जोडिन् ।

डिफेन्डिङ च्याम्पियन निम्सले विल्सन एकेडेमीलाई २१–७ तथा रिब्सले ग्रिनफिल्डलाई ६–५ ले हराए । निम्सकी पिना लिम्बूले १३ तथा रिब्सकी नौसिका लिम्बूले ४ स्कोर गरे ।

सिनियर ब्वाइजमा विस्डमले माउन्ट ग्लोरीलाई २०–१६, पुष्पसदनले पिपुल्स एकेडेमीलाई ४३–३०, साविक विजेता निम्सले नवीन ज्योतिलाई ५१–६ तथा ओसिसले विल्सनलाई ४७–२८ ले पन्छाए ।

विस्डमका अजित बस्नेतले ८, पुष्पसदनका शिरीष शाक्यले २०, निम्सका आयुश खड्काले १२ तथा ओसिस सुरेश रोकाले २८ अंक जोडे ।

जुनियर ब्वाइजमा श्रृजना ज्ञान सागरले ओसिसलाई ४–१ तथा ग्रिनफिल्डले लोक आदर्शलाई २०–८ ले पाखा लगाए । श्रृजनाका मिसन गोलेले २ तथा ग्रिनफिल्डका पुजन उप्रेतीले १० स्कोर गरे ।

April 9, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

Success

Thank you for your time.