2 years ago
November 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सुनिरा थापा र आयुष्मान हजुर घलेले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत यू–१४ तर्फको उपाधि जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार गल्सतर्फ सुनिरा र ब्वाइजमा आयुष्मान पहिलो भएका हुन् । सुनिराले फाइनलमा शिभाली गुरुङलाई ६–४ र ६–२ ले हराईन् । यस्तै आयुष्मानले बोरिस अधिकारीलाई ६–१ र ६–१ ले पाखा लगाए ।
यू–८ ब्वाइजको उपाधि आर्यश राज पौडेलले जिते । उनले फाइनलमा सभ्य जंग कार्कीलाई १०–५ र १०–३ ले हराए । यू–९ ब्वाइजमा पनि आर्याशले उपाधि जिते । उनले फाइनलमा सुजन कुइकेललाई ४–० र ४–२ ले हराए । यू–९ गल्सको उपाधि अनुश्री धोजुले जितिन् । फाइनलमा अनुश्रीले जेनिशा ज्ञवालीलाई ४–३, ३–५ र ५–४ ले हराईन ।
ब्वाइज यू–१२ को उपाधि बृजेश अर्यालले जिते । उनले फाइनलमा असभ सम्राट हाडालाई ६–१ र ६–१ ले हराए । पुरुष ४५ वर्षमाथि डबल्सको उपाधि डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले हात पारे । श्रेष्ठ र शाहीको जोडीले फाइनलमा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीलाई ७–५ र ६–४ ले हराए ।
५५ वर्षमाथि पुरुष डबल्सको उपाधि कृष्ण घले र सुवर्ण धखवाको जोडीले हात पारे । उनीहरुले फाइनलमा निरन्जन श्रेष्ठ र राम रानाको जोडीलाई ६–१ र ६–३ ले हराए ।
पुरुष सिंगलमा बिष्णु नेपाली, सौगात बिक, सौरभ नाथ पन्थ, राज विर प्रधान, प्रितम परियार, आशिष खड्का, गोविन्द नेपाली, सुशल मोक्तान र आयुष्मान हजुर घलेले प्रि–क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
३५ वर्षमाथिको पुरुष एकलमा सन्तोष खत्री, भिष्म जंग गुरुङ, जितेन्द्र परियार, कमल भण्डारी, सिमान्त गुरुङ, सुरज लोहनी, प्रवेश पन्त र कृष्ण थापाले क्वाटरफाइनलमा तथा ४५ वर्षमाथि पुरुष सिंगलमा महेश श्रेष्ठ, शिव प्रसाद सेढाई, उत्तम बोगटी, मनोज बिक्रम शाह, अमित रोक्का र रोहित सुनुवारले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]