2 years ago
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलका सफल प्रशिक्षक जगदिश प्रसाद भट्ट यू२३ पुरुष राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल भलिबल संघले उनलाई यू २३ सम्हाल्ने जिम्मेवारी दिएको छ ।
भट्टको प्रशिक्षणमा नेपालले बंगलादेशको ढाकामा पुसमा आयोजना हुने पहिलो काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिप चुनौती पेश गर्नेछ । काभा यू२३ च्याम्पियनसिप ढाकामा पुस ५ देखि १२ गतेसम्म हुनेछ । टोलीको सहायक प्रशिक्षकमा भरत यादव रहनेछन् । राष्ट्रिय खेलकुद परिषद् (का) भलिबलका मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह पनि टोलीसँगै हुनेछन् ।
भट्टको प्रशिक्षणमा नेपालको महिला भलिबल टोली लगातार दुई पटक सेन्ट्रल जोनको च्याम्पियनसिप जितेको थियो । उनकै नेतृत्वमा तीन वर्षअघि स्वदेशमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) महिलातर्फ फाइनल यात्रा तय गरेको थियो । सागको इतिहासमा नेपाली महिला टोली फाइनल पुगेको त्यो पहिलो अवसर थियो ।
पुरुषतर्फ नेपालले २०१७ मा सेन्ट्रल जोनमा कास्य जित्दा पनि उनी टोलीका प्रशिक्षक थिए । त्यसयता उनले महिला टोलीलाई प्रशिक्षण दिदै आएको छन् । प्रशिक्षक भट्टले सोमबार देखि नै आफ्नो जिम्मेवारी सम्हालिसकेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा यू२३ टोलीका लागि सोमबारदेखि खुला छनोट सुरु भएको छ । छनोटमा देशैभरबाट ८५ जना खेलाडीको सहभागिता रहेको छ । बुधबारसम्म हुने छनोटलगत्तै खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने संघले जनाएको छ ।
यस्तै बंगलादेशकै कक्स बजारमा हुने सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपका लागि मंगलबारदेखि खुल्ला छनोट हुने संघले जनाएको छ । संघका अनुसार पुरुषतर्फ ७ र महिलातर्फ ५ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
छनोट कीर्तिपुरमा हुनेछ । खुल्ला छनोटपछि एक पुरुष र एक महिला टोलीले नेपालको प्रतिनिधित्व गर्नेछ । यू२३ छनोट समितिको संयोजकमा जितेन्द्र श्रेष्ठ र बिच भलिबल छनोट समितिको संयोजकमा जुनु पुन रहेका छन् ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]