2 years ago
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ऋतिक राना र निशान श्रेष्ठको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फको उपाधि जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको फाइनलमा प्रदीप खड्का र प्रणव खनालको जोडीलाई ७–६ र ४–६ (१०–५) ले हराएर ऋतिक र निशानको जोडी च्याम्पियन बनेको हो ।
३५ वर्षमाथिको पुरुष डबल्सतर्फको उपाधि कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले जितेका छन् । यू–८ गल्समा थिया श्रेष्ठलाई १०–२ र १०–५ ले हराएर सारा पन्तले उपाधि जितेकी छिन् ।
यू–१० को ब्वाइजतर्फ सुजन कुइकेल र गल्समा साल्भी शेरचनले उपाधि हात पारे । यू–१२ गल्समा शिभाली गुरुङ च्याम्पियन बनिन् । यू–८ ब्वाइजमा आर्यश राज पौडेल र सभ्य जङ कार्की तथा यू–९ ब्वाइजमा सुजन कुइकेल र आर्यश राज पौडेलले फाइनलको यात्रा तय गरे । यू–९ गल्सको उपाधिका लागि जेनिशा ज्ञवाली र अनुश्री धोजु भिड्नेछन् ।
यू–१२ ब्वाइजमा असभ सम्राट हाडा र बृजेश अग्रवाल तथा यू–१४ को ब्वाइजमा आयुष्मान हजुर घले र बोरिस अधिकारीले प्रतिस्पर्धा गर्नेछन् । यू–१४ गल्सतर्फ सुनिरा थापा र शिभाली गुरुङले खेल्नेछिन् ।
पुरुष डबल्सको ४५ वर्षमाथि डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी तथा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले फाइनलमा खेल्नेछन् । ५५ वर्षमाथि डबल्समा कृष्ण घले र सुवर्ण धाखवाको जोडी र निरन्जन श्रेष्ठ र राम रानाको जोडीले प्रतिस्पर्धा गर्ने छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]