2 years ago
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाईनान्स पाचौं राष्ट्रिय सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन् ।
पाचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेट मास्टर नवीन तण्डुकारलाई छैठौं चरणमा हराएका बद्रीलालले सातौं चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा आत्मसात गरे ।
तीन पटकको राष्ट्रिय च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्ष माथिको उमेर समुहमा पहिलो उपाधि हो । समग्रमा ५.५ अंक जोडेका बद्रीलाल बुकोल्स टाईब्रेकरका आधारमा च्याम्पियन बन्दै ५० हजार नगद समेत प्राप्त गरे ।
नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाईनान्सको मुख्य प्रायोजनमा सम्पन्न च्याम्पियनशीपमा समान ५.५ अंक बनाएका फिडे मास्टर विलमलाल श्रेष्ठ तथा पुण्यमान कर्माचार्य क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहे ।
पूर्व राष्ट्रिय च्याम्पियन विलमलालले छैठौं चरणमा रुपन्देहीका विजय गुरुङ एवं सातौं चरणमा नवीन तण्डुकारलाई पराजित गर्दै ३० हजार नगद हात पारे । त्यसैगरी अर्का राष्ट्रिय च्याम्पियन पुण्यमानले छैठौं चरणमा मोरङका भरत धिमाल र सातौं चरणमा काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराए । तेश्रो स्थानमा रहेका उनले २० हजार नगद प्राप्त गरे ।
सोमबारका दुबै खेल गुमाएपछि नविन तण्डुकार चौथो स्थानमा रहँदै १५ हजार नगद पुरस्कार हात पारे । भक्तपुरका बलराम नापित पाचौं स्थानमा रहँदै १० हजार नगद पुरस्कार पाउन सफल भए ।
त्यसैगरी जनार्दन श्रेष्ठ तथा राजेन्द्रप्रसाद श्रेष्ठ क्रमशः छैठौं तथा सातौं स्थानमा रहँदै जनही सात हजार नगद प्राप्त गर्न सफल रहे ।
काठमाडौंका क्यानिडडेट मास्टर भगवती प्रसाद शर्मा, काठमाडौकै पुराना खेलाडी सिताराम अग्रवाल तथा बाँकेका तिर्थबहादुर विक क्रमशः आठौं, नवौं र दशौं स्थानमा रहँदै जनही ५ हजार नगद प्राप्त गरे ।
भक्तपुरका गणेशमान दुवाल ६० वर्षमाथि उमेर समुहको क्याटागोरी पुरस्कार पाउन सफल भए । काठमाडौंका ज्ञानेन्द्रप्रसाद श्रेष्ठ तथा सर्लाहीका लवकुमार श्रेष्ठ क्रमशः ६५ र ७० वर्ष माथि उमेर समुहको पुरस्कार स्वरुप जनही ५ हजार नगद प्राप्त गर्न सफल भए ।
चार जना पूर्व नेशनल च्याम्पियन सहित देशभरका ३४ जना खेलाडीको सहभागीता रहेको च्याम्पियनशीपका विजेतालाई नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम समृद्धि फाईनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराई, समृद्धि फाईनान्सका सिईओ टिकानिधि लोहनी, कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कटेल लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरे ।
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]