2 years ago
November 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र प्रणव खनालको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजबिर प्रधान र सक्षम शाहको जोडीलाई ६–४ र ६–३ ले हराएर फाइनलमा स्थान बनाएका हुन् ।
यो जोडीले उपाधिका लागि ऋतिक राना र निशान श्रेष्ठको जोडीसँग खेल्नेछ । ऋतिक र निशानको जोडीले केशव गौचन र सौरभ पन्तको जोडीलाई ६–१ र ६–१ ले पाखा लगायो ।
यू–८ गल्समा सारा पन्त र थिया श्रेष्ठले फाइनलमा भिडन्त पक्का गरिन् । यू–१० ब्वाइजमा सुजन कुइकेल र युभेन मन श्रेष्ठले फाइनलमा स्थान बनाए । यू–१० गल्समा मेरिषा थापा र साल्भी शेरचनले फाइनल खेल्नेछ । यू–१२ गल्समा स्वस्तिका विष्ट र सिभाली गुरुङले उपाधिका लागि खेल्नेछिन् ।
यू–८ ब्वाइजमा आर्यश राज पौडेल, अरित मल्ल, भिदान्त चालिसे र सभ्य जंग कार्कीले सेमिफाइनलमा स्थान बनाएका छन् । यू–९ ब्वाइजमा अरित मल्ल, सुजन कुइकेल, अर्याश राज पौडेल र विश्व विशेष डल्लाकोटीले अन्तिम चारमा स्थान सुरक्षित गरे ।
यू–९ गल्समा सर्भाना गुरुङ, जेनिसा ज्ञवाली, सारा पन्त र अनुश्री धोजुले अन्तिम चारमा स्थान बनाइन् । यू–१२ ब्वाइजमा असभ सम्राट हाडा, स्पन्दन उदास, अद्रित नेपाल र बृजेश अर्यालले सेमिफाइनलमा स्थान बनाए ।
यू–१४ ब्वाइजमा निशद जोशी, आयुष्मान घले, दर्शिल श्रेष्ठ र बोरिस अधिकारीले अन्तिम चारको यात्रा तय गरे । यू–१४ गल्समा सुनिरा थापा, नाला मास्के, सिभाली गुरुङ र स्वस्तिका विष्टले सेमिफाइनलमा स्थान बनाइन् ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]