2 years ago
November 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सुरेन राणाले सातौं संस्करणको लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिताको उपाधि जितेको छ । किशोर बस्नेतसँग ४० स्टेबल फोर्ड अंकमा बराबरी भएपनि काउन्ट ब्याक प्रणालीमा राणाले ब्याक नाइन होलमा २३ अंक ल्याए भने बस्नेतले २० अंक हात पारे ।
बस्नेत उपविजेता बने । निश्चयजंग रायमाझीले ३७ ग्रस अंक बनाएर उत्कृष्ट ग्रसको अवार्ड जिते । महिलातर्फ गीता गुरुङ ३० अंकसहित विजयी भइन् । महेन्द्र मैनाली ३६ अंकका साथ सिनियर (६० वर्ष र माथि) विजेता बने ।
लक्ष्मी बैंकका ग्राहकमध्ये आङ दोर्जी शेर्पा ३७ अंकका साथ विजयी भए । आइस्टिना टण्डनले ४१ अंक जोड्दै जुनियर ट्रफी जितिन् । क्याप्टेन नोर्बु शेर्पाले लङ्गेस्ट ड्राइभ, मिथुन राईले क्लोसेस्ट टु दि पिन र वाङ्चेन धोन्डुपले मोस्ट बर्डीको अवार्ड पाए ।
लक्ष्मी बैंकले प्रायोजन गरेको प्रतियोगिता स्टेबल फोर्ड ढाँचामा३/४ ह्यान्डिक्यापमा खेलाइएको थियो । प्रतियोगितामा सबै ११३ गल्फ खेलाडीको सहभागिता रहेको थियो ।
विजयी खेलाडीलाई लक्ष्मी बैंकका अध्यक्ष रमन नेपाल, प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र जोसेफ नाथनलगायतले पुरस्कृत गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]