2 years ago
November 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय तार्केश्वर उमा कुङफु स्कुलको टोली शुक्रबार भारतको पन्जाब प्रस्थान गरेको छ ।
नोभेम्बर ५ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष र ४ महिला खेलाडीले उमा कुङफु विधाको किक बक्सिङमा प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष ५०–५५ केजीमा आर्यन रावल र राजन तामाङ रहेका छन् । महिला ५०–५५ केजीमा साइना महर्जन, २५–३० केजीमा सिम्रिका कुँवर, ३०–३५ केजीमा दर्शना तामाङ र ४५–५० केजीमा प्रशंसा लामा छन् । प्रशिक्षकमा तार्केश्वर उमा कुङफु स्कुलका मुख्य प्रशिक्षक एवं नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जन रहेका छन् ।
टोलीलाई तार्केश्वर नगरपालिका वडा २ का अध्यक्ष राधाकृष्ण खड्गी, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने, इन्द्रमान महर्जन र शिव कुँवरलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा अध्यक्ष खड्गीले वडाले खेलकुदका पूर्वाधार निर्माण गर्न सार्वजनिक जग्गाको खोजी गरिरहेको बताउदै खेलाडीलाई सफलताका लागि शुभकामना दिए ।
तार्केश्वर उमा कुङफु स्कुलका सहायक प्रशिक्षक एवं उमा कुङफुका अन्तर्राष्ट्रिय पदक विजेता सञ्जयराज पुटुवारले खेलाडीले यहि प्रतियोगितका लागि करिब २ महिनादेखि अभ्यास गरिरहेकाले सहभागी सबै खेलाडीले स्वर्ण जित्नेमा आफू विश्वस्त रहेको बताए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]