2 years ago
November 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगलादेशको ढाका र कक्स बजारमा डिसेम्वरमा आयोजना हुन लागेको काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपसँगै सिनियर पुरुष र महिला बिच भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
नेपाल भलिबल संघको मंगलबार बसेको बैठकले काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपसँगै सिनियर पुरुष र महिला बिच भलिबल प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको हो । काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिप ढाकामा २० देखि २७ डिसेम्वरमा हुनेछ ।
यसका लागि संघले टोली निर्माणको लागि खुल्ला छनोट गर्ने जनाएको छ । खुल्ला छनोट कार्तिक २१ देखि २३ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ । संघले खेलाडी छनोटका लागि सात वटै प्रदेशसँगै विभिन्न क्लबलाई यसमा सहभागिताको लागि अनुरोध गरेको छ ।
खेलाडी छनोट लगत्तै तत्कालै बन्द प्रशिक्षण सुरु गरिने संघले जनाएको छ । नेपालले पहिलोपटक यू२३ पुरुष भलिबल टिम निर्माण गर्न लागेको हो । काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिप पनि पहिलोपटक हुन लागेको हो ।
त्यसैगरी काभा बिच भलिबल प्रतियोगिताको लागि खुल्ला छनोटमा सहभागी हुनका लागि सबै पुरुष तथा महिला खेलाडीलाई पनि आग्रह गरिएको छ । काठमाडौंमा हुने खुल्ला छनोपछि एक पुरुष र एक महिला टोलीले नेपालको प्रतिनिधित्व गर्नेछ । बिच भलिबलका लागि खेलाडी छनोट २१ देखि २३ कार्तिकसम्म काठमाडौंमा नै हुनेछ ।
यू२३ छनोट समितिको संयोजकमा जितेन्द्र श्रेष्ठ र बिच भलिबल छनोट समितिको संयोजकमा जुनु पुन रहेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]